२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • कावासोतीको थाना चोकमा ट्रकको ठक्करबाट...
--4140

कावासोतीको थाना चोकमा ट्रकको ठक्करबाट एक युवती गम्भीर घाईते

कावासोतीको थाना चोकमा ट्रकको ठक्करबाट एक युवती गम्भीर घाईते

शुक्रवार, चैत्र १८ २०७८
शुक्रवार, चैत्र १८ २०७८
  • बुटवल । नवलपुरको कावासोतीमा रहेको जिल्ला प्रहरी कार्यालय नजिकै थाना चोकमा ट्रकले ठक्कर दिदा २० वर्षीय युवती गम्भीर घाईते भएकी छिन ।

    कावासोतीको थाना चोकमा टिउसन पढन जादै गरेको अवस्थामा देवचुली ७ कि अनिशा अधिकारीलाई बिहान करिब ७बजेको समयमा लु २ ख ५६७१ नं को ट्रकले ठक्कर दिएको नवलपुर प्रहरी प्रमुख  प्रज्वल मर्हजनले जानकारी दिएका छ्न ।

    ट्रकको ठक्करबाट गम्भीर घाइते अधिकारीको कम्मरमा गहिरो चोट लागेको बताईएको छ ।

    प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाईते युवतीलाई उपचारको लागि तत्काल कालीगण्डकी अस्पताल पुर्‍याईएको र त्यहा उपचार हुन नसके पछि थप उपचारको लागि भरतपुर पठाईएको छ । ठक्कर दिने ट्रकको चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij