बुटवल । निर्वाचन आयोगले निर्माण व्यावसायिहरु स्थानीय चुनावमा भाग लिन नपाउने गरि बनाएको प्रावधानको विरुद्ध कानुनी उपचारका लागि अदालत जाने भएको निर्माण व्यावसायि महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिएका हुन् ।
उनले आयोगले गरेको निणर्य संविधानले दिएको मौलिक हक विरुद्ध रहेको भन्दै कानुन् व्यावसायिसँग छलफल गरिरहेको बताए । महासंघको तर्फबाट अदालत जाने कि व्यक्तिको तर्फबाट जाने भन्ने बारेमा छलफल भइरहेको र छिट्टै विज्ञप्ती जारी गर्ने पनि बताए ।
आयोगको बैठकले ठेक्कापट्टामा सहभागीहरु स्थानीय तहका निर्वाचनमा उम्मेद्वार बन्न नपाउने निणर्य गरेको थियो ।
विगत २०७४ सालमा स्थानीय तहको निर्वाचनमा १६९ जना ठेक्कापट्टमा रुसहभागी जनप्रतिनिधिहरु नै निर्वाचित भएका थिए ।
