२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--4122

बाइडेनको खुस्किदै गएको दिमाग राष्ट्रिय सुरक्षाका लागि खतरा भएको आरोप

बाइडेनको खुस्किदै गएको दिमाग राष्ट्रिय सुरक्षाका लागि खतरा भएको आरोप

बुधवार, चैत्र १६ २०७८
बुधवार, चैत्र १६ २०७८
  • एजेन्सी । रिपब्लिकन पार्टीका सिनेटर ¥याण्ड पालले अमेरिकी राष्ट्रपति जो बाइडेनको खुस्किदै गएको देखिएको दिमाग राष्ट्रिय सुरक्षाका लागि खतरा हुन सक्ने आरोप लगाएका छन् ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट हटाउनुपर्ने भनी दिएको अभिव्यक्ति पछि बाइडेनले फिफर्ता लिएको विषयलाई उल्लेख गरी उनले अमेरिकालाई रुससँगको युद्धको तानेर ल्याउन खतरा रहेको बताएका हुन् ।

    पालले फोक्स न्युजका न्युज होस्ट जेस वाटर्ससँगको कुराकानीमा यस्तो बताएन् ।

    बाइडेनले पुटिन कसाइ हुन उनलाई सत्ताबाट हटाउनुपर्ने बताए पछि यो नीतिगत परिवर्तन नभएको भनेर अभिव्यक्ति सच्च्याएका थिए ।

    बाइडेनले पोल्याण्ड भ्रमणका क्रममा बोलेका थिए ।

    पालले हामीले पुटिनलाई सत्ताबाट हटाउने प्रयासमा लागेका छैनौं तर उनले यस्तो भन्नु भनेको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij