२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • नेपाल पत्रकार महासंघ रुपन्देहीले ६७ औं...
--4121

नेपाल पत्रकार महासंघ रुपन्देहीले ६७ औं स्थापना दिवस मनाउदै

नेपाल पत्रकार महासंघ रुपन्देहीले ६७ औं स्थापना दिवस मनाउदै

बुधवार, चैत्र १६ २०७८
बुधवार, चैत्र १६ २०७८
  • बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले महासंघको ६७ औं स्थापना दिवस सैनामैनामा मनाउने भएको छ । महासंघ रुपन्देहीको विहिबार बसेको सचिवालय बैठकले स्थापना दिवसमा शुभकामना आदानप्रदानसँगै स्थानीय तह र सञ्चार बिषयक अन्तरक्रिया गरेको छ ।

    पत्रकार महासंघले विकेन्द्रीकरण मान्यतालाई आत्मसाथ गर्दै सैनामैनामा स्थापना दिवस मनाउन लागेको अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए । उनले बुटवल र भैरहवासँगै शहरउन्मूख नगरहरुमा समेत महासंघले कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

    नेपाल पत्रकार महासंघले आज देशैभर ६७ औं स्थापना दिवस मनाउदै छ । स्थापना दिवसको अवसरमा देश तथा विदेशमा पनि बिभिन्न कार्यक्रमहरुको आयोजना हुदैछ ।

    महासंघले यस पटक पत्रकारबीच पहिलो एफएनजे मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरेको छ । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

    यो प्रतियोगिताले विभिन्न सञ्चारगृहमा कार्यरत र विभिन्न संगठनमा आवद्ध पत्रकारका लागि एकआपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सहयोगी हुने विश्वास महासंघको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij