अनिल नेपाली, अर्घाखाँची । अर्घाखाँची जिल्लामा वैशाख ३० गतेहुने स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरीका लागि झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएका थिए जसमध्ये जिल्लामा आवयक ८ सय ८२ जना म्यादी प्रहरीका लागि झण्डै तेब्बरले आवेदन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर बहादुर थापा क्षेत्रीका अनुसार अनुमानित करिब ४ सय महिला र सरदर १५÷२० भन्दा बढी पूर्व प्रहरी ,सेना रहेका छन भने पुर्व म्यादी १०० जना रहेका छन् ।
चैत्र ६ देखि ११ गतेसम्म ६ दिन म्यादी प्रहरी हुन चाहनेका लाागि आवेदनका समय दिएको थियो र उक्त आवेदकहरुको परिक्षा चैत्र १५ , १६ , गते हुने जिल्ला प्रहरी कार्यलयले एक सूचनामा जनाएको छ ।
चैत्र १५ गते १ देखि १२०० सम्म , १६ गते १२०१ देखि २१३५ सम्म दर्ता नम्बर भएकाहरुले टुडिखेलमा शारिरिक परिक्षा दिन गएका थिए । शरिरिक परिक्षा दैनिक ५० जना समूहमा विभाजन गरी चैत्र १८ गते लिखित परिक्षा हुने प्रहरी कार्यलयले जनाएको छ ।
त्यसैगरि म्यादी प्रहरीले ४० दिन काममा खटिनुपर्ने हुन्छ र त्यो भन्दा अगाडि उनीहरुलाई तालिम दिइने छ । म्यादी प्रहरीको मासिक ४४ हजार ४४० रुपैयाँ पारिश्रमिक निर्धारण गरेको प्रहरी निरिक्षक सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभएको छ । म्यादी बन्नका लागि १८ बर्ष देखि ५४ बर्षसम्म महिला पुरुषको उल्लेखनीय सहभागिता रहेको छ ।
