२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाखको...
--4119

अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाखको क्षति

अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाखको क्षति

मंगलवार, चैत्र १५ २०७८
मंगलवार, चैत्र १५ २०७८
  •  

    अनिल नेपाली,अर्घाखाँची । अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।

    अर्घाखाँचीको सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज (मंगलबार) दिउँसो आगलागी भएको हो । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो ।

    आगलागीबाट दुई वटा मेसिन एउटा जेनेटर, सिरक डसना लगायत सामन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उद्योगी मोहम्द फिरोज आगो निभाउने क्रममा बेहोस भएपछि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो ।

    करिब एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय दमकलको सहायताबाट आगो नियन्त्रमा आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij