२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • ट्रक दुर्घटना हुँदा बर्दियामा एक जनाको...
--4103

ट्रक दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु

ट्रक दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु

सोमवार, चैत्र १४ २०७८
सोमवार, चैत्र १४ २०७८
  • बुटवल । बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा ट्रकमा सवार पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । घाइते भएका ट्रकमा सवार नाम नखुलेका अन्दाजी २५ वर्षीय युवकलाई उपचारका लागी कोहलपुरस्थित मेडिकल कलेज अस्पताल पठाइएको छ ।

    लु २ ख ८७३ नम्बरको ट्रक आज बिहान पौने १० बजे अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको थियो ।मृतक र घाइते मध्ये चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij