२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--4102

चीनमा फेरी ९ दिन लकडाउन

चीनमा फेरी ९ दिन लकडाउन

सोमवार, चैत्र १४ २०७८
सोमवार, चैत्र १४ २०७८
  • एजेन्सी । चीनमा फेरी कोभिड संक्रमण बढेको छ । चीनले कोभिड परिक्षणको लागि नौ दिन लकडाउन गर्ने निर्णय गरेको छ । जसको असर अन्तराष्ट्रिय वजारमा परेको छ ।

    चीनले ९ दिन लकडाउन गर्ने भएपछि अन्तराष्ट्रिय बजारमा माग कम हुँदा कच्चा तेलको मूल्य घटेको छ । कच्चा तेलको मूल्य प्रति ब्यारल ४ डलरले घटेको छ ।

    चीनमा कोभिड संक्रमण फैलिँदै गएपछि सांङ्घाइ लगायतका सहरमा परिक्षण गर्न सरकारले नौ दिन लामो लकडाउन घोषणा गरेको छ । चीन कच्चा तेलको उपभोग तथा खरिद बिक्री गर्ने संसारका ठूला राष्ट्रहरु मध्यको दोस्रो स्थानमा रहेको छ ।

    देश लकडाउनमा गएपछि पेट्रोलियम पदार्थको माग पनि घटेको छ । जसकारण अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।

    अन्तराष्ट्रिय तेल खरिदकर्ता बे्रन्ट क्रुडले ११६ डलर प्रति ब्यारलमा कारोबार गरिरहेको छ । यसअघि क्रुडले ११९।८८ डलर प्रति ब्यारलमा कारोबार गरेको थियो ।

    त्यसैगरी अमेरिकी तेल खरिद तथा बिक्रीकर्ता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटी आइ) ले १०९।३० डलर प्रति ब्यारलमा कारोबार गरेको छ । यस अघि डब्लुटी आइले ११३ डलर प्रति ब्यारलमा कारोबार गरिरहेको थियो ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij