२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--4099

नेपाल पीएनजीविरुद्ध जीतको लक्ष्यमा

नेपाल पीएनजीविरुद्ध जीतको लक्ष्यमा

सोमवार, चैत्र १४ २०७८
सोमवार, चैत्र १४ २०७८
  • बुटवल ।  घेरेलु मैदानमा पपुवा न्यूगिनि (पीएनजी)सँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको दुवै खेलमा हार बेहोरेको नेपालले आज पीएनजीसँगै टी–२० सिरिजको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दैछ ।

    त्रिवि क्रिकेट मैदानमा दिउँसो साँढे १२ बजे सुरु हुने खेलमा नेपालका लागि यसअघिका हारहरुको बदला लिने अवसर छ । त्यसैले नेपाली टोली जीतको लक्ष्यसहित मैदान उत्रिनेछ ।

    पहिलो एकदिवसीय खेलमा पीएनजीसँग ६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा तीन विकेटले हारेको थियो ।

    नेपालले एकदिवसीय र टी–२० का लागि दुई फरक टोली बनाएको छ । एक दिवसीयमा रहेका कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिँह ऐरी, सागर ढकाल र कमलसिँह ऐरीसहित टी–२० मा परेका करण केसी, कुशल मल्ल, लोकेश बम, दीलीप नाथ, आदिल अन्सरी, विवेक यादव र अविनास बोहोरा टी–२० सिरिजमा छन् ।

    चैत्त २१ गतेसम्म आयोजना हुने त्रिदेसीय टी–२० सिरिजमा नेपाल, पीएनजीसहित मलेसियाको सहभागिता रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij