अनिल नेपाली,अर्घाखाँची १३ चैत । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको आयोजनामा ३० दिने मध्यम अवधिको मोटरसाईकल मर्मत तालिम सन्धिखर्कमा शुरु भएको छ ।
तालिमको एक कार्यक्रमका बीचमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन गर्दै भुसालले सीपले मानिसको जीविकोपार्जनमा सहयोग गर्ने भएकोले तालिमलाई उपलब्धीमुलक बनाई व्यबहारमा लागु गर्नेको लागि आग्रह गदै यस्ता तालिम प्रत्येक वडामा सञ्चालन गरेर युवाहरुलाई स्वरोजगार बनाउने बताउनुभएको छ ।
कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ का अध्यक्ष नारायण अर्याल लगाएतले मन्तब्य राख्नु भएको थियोे ।
