२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) छात्रा विभाग रूपन्देहीले जिल्ला...
--4095

अखिल (क्रान्तिकारी) छात्रा विभाग रूपन्देहीले जिल्ला प्रशासन कार्यालय भैरहवामा ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) छात्रा विभाग रूपन्देहीले जिल्ला प्रशासन कार्यालय भैरहवामा ज्ञापनपत्र बुझायो

आइतवार, चैत्र १३ २०७८
आइतवार, चैत्र १३ २०७८
  • बुटवल । बिद्यालय क्षेत्रलगायत हरेक ठाउँमा छात्राहरू, किशोरीहरू, महिलामाथि भइरहेकाे याैनहिंसाप्रति ध्यानाकर्षित गर्दै अखिल (क्रान्तिकारी), छात्रा विभाग रूपन्देहीले जिल्ला प्रशासन कार्यालय भैरहवामा प्रमूख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

    छात्रा विभाग प्रमुख प्रतिक्षा पौडेल हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेका छन् । त्यसमध्ये  यौनहिंसा प्रमूख रहेको छ । छात्राहरू शिक्षालयमा नै असुरक्षित भइरहेका छन् । मोरङको लेटाङ नगरपालिका, चितवनको माडी  नगरपालिका,  सल्यान जिल्ला लगायत देशभर छात्राहरूमाथि भइरहेको यौनहिंसाविरुद्धमा सरकारले चालेको अपर्याप्त र सुस्त कदमप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

    नेपालमा यससम्बन्धी कडा कानुन नहुनु र भएको कानुन पनि सहि तरिकाले कार्यान्वयन नहुनु प्रमूख समस्या रहेको छ । अपराधीलाई कानुनी दायरामा ल्याउनुकाे सट्टा उल्टै अपराधीलाई नै उन्मुक्ति दिने प्रवृत्ति बढिरहेकाे छ । पिडितलाई न्यायकाे प्रत्याभूति हुन सकिरहेको छैन ।

    हाम्रो सङ्गठन देभरभर भइरहेका छात्रामाथि यौनहिंसाको  घटनाहरूको सत्यतथ्य पत्ता लगाइ  मुलुकी अपराध संहिता -२०७४ काे भाग-२, परिच्छेद -१८ काे धारा -२१९,२२०,२२१,२२२,२२३,२२४ र २२५ मा व्यवस्था भएबमाेजिम दोषीलाई कारवाही गर्न र छात्राहरूलाई शिक्षालयहरूमा सुरक्षित र हिंसारहित वातावरणमा अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता गर्न  जोडदार मागसहित यो  ज्ञापनपत्र पेश गर्दछ ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij