२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4083

फुल्यो लालीगुराँस

फुल्यो लालीगुराँस

आइतवार, चैत्र १३ २०७८
आइतवार, चैत्र १३ २०७८
  •  

    सुमन नेपाली,पाल्पा । सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् ।

    यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर गुल्मी, पाल्पा, बागलुङ, म्याग्दीलगायतका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र एँेसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ ।

    गु्ल्मीको ठूलो लुम्पेक, रेसुङ्गा, भार्से, पाल्पाको श्रीनगर, म्याग्दीका अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जङ्गलमा ढक्कमक्क लालीगुराँस फुलेर बन पाखा नै राताम्ये देखिन थालेका छन् ।

    फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने चैतको दोस्रो सातामा नै ढक्कमक्क फुलेका हुन् । जङ्गलमा पुसदेखि नै लालीगुराँस फुल्नुका साथै जङ्गली फलफुल र कन्दमूल पाक्न थालेका थिए ।

    यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरणविद्ले बताएका छन् ।

    लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । 
    लालीगुराँसमात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमा समेत यसको असर देखिएको छ ।

    अहिले बेमौसममा नै काफल, तिजुलगायत जङ्गली फल पाकेको र गुराँस फुलेको देख्न पाइएको छ । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij