२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--4077

सञ्चारकर्मी दौड प्रतियोगितामा समता टिभीको बर्चस्व

सञ्चारकर्मी दौड प्रतियोगितामा समता टिभीको बर्चस्व

शनिवार, चैत्र १२ २०७८
शनिवार, चैत्र १२ २०७८
  •  


    भैरहवा । सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको पत्रकार दौड प्रतियोगितामा समता टेलिभिजनका सञ्चारकर्मीहरुले बर्चस्व जमाएका छन् ।

    शनिवार देवकोटा चोक देखि ढोलपुर खेलकुद मैदान सम्म भएको दौड प्रतियोगितामा प्रथम, तृतिय र दुई ओटा सान्तवना स्थान हासिल गरि ४ जना सञ्चारकर्मीहरुले दौड प्रतियोगितामा वर्चस्व जमाउन सफल भएका हुन् ।

    प्रतियोगितामा समाता टेलिभिजनका सञ्चारकर्मी रमेशजंग बस्नेत प्रथम,  प्रमिश पन्थी तृतीय, प्रकाश पाण्डे सान्त्वना र महिला तर्फ एलिना आचार्य सान्त्वना भएका थिए ।

    दौड प्रतियोगितामा नेपाल वान मिडियाका पत्रकार कृष्ण प्रसाद ढकालले द्वितीय, न्युज ओकेका पत्रिकाका दिवाकर चौधरी सान्वना भएका थिए ।  

    दौड प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । प्रथम हुनेलाई १५ हजार, द्वितीयले १० हजार, तृतीयले ७ हजार र सान्त्वनाले जनही ५ हजार राशीको पुरस्कार रहेको थियो ।

    प्रतियोगिता लगतै सिद्धार्थनगर नगरपालिका वडा नं ३ ढोलपुरमा निर्माण भएको खेलकुद मैदानको उद्घाटन भएको थियो ।

    उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख हरी प्रसाद अधिकारीले आफु सधै खेलकुद प्रेमी भएकोले खेलकुदको बिकासमा ध्यान दिएको बताए । अधिकारीले सिद्धार्थनगर नगरपालिकामा खेलकुद मैदानको अभाव खट्किएकै कारण डण्डा खोलाले कटान गरेको भुमि संरक्षण गरि अथक प्रयासका बाबजुद खेलकुद मैदान निर्माण गरेको बताए ।

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख उमा काफ्लले खेलकुदको बिकास गर्नको लागी खेलकुद मैदान निर्माण भएको जानकारी दिइन् । उनले खेल मैदानको स्तरउन्नतीमा नगरपालिकाको ध्यान निरन्तर रहि रहने बताइन् ।

    सिद्धार्थनगर नगरपालिका वडा नं ३ अध्यक्ष थानेश्वर पौडेलले खेलकुद मैदानको अभाव नगरपालिकामा भइरहँदा गुमेको जग्गालाई  नगरपालिकाले आफ्नो स्वामित्वमा ल्याउन सफल भएको बताउँदै वडाले बिकासमा महत्वपूर्ण काम गरेको बताए । 

    सिद्धार्थनगर नगरपालिकाका बरिष्ठ इन्जिनियर जिवन अर्यालले खेलकुद मैदान ३ बिगाहा १५ कट्ठा क्षेत्रफलमा फैलिएको बताए । “डण्डा खोला डाइभर्सन गरेर मैदानको क्षेत्रफल ६ बिगाहा बनाउने योजना नगरपालिकाको रहेको छ” इन्जिनिर अर्यालले भने । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij