२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • ट्रयाक्टर दुर्घटना हुँदा रोल्पामा सह–चालकको...
--4067

ट्रयाक्टर दुर्घटना हुँदा रोल्पामा सह–चालकको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा रोल्पामा सह–चालकको मृत्यु

शुक्रवार, चैत्र ११ २०७८
शुक्रवार, चैत्र ११ २०७८
  • बुटवल । रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा बिहीबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् ।

    मृत्यु हुनेमा ट्रयाक्टरका सह–चालक सुनिलस्मृति गाउँपालिका–५ काप्राका २० वर्षीय खुमे थापा रहेका छन् । उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २४ वर्षीय यमराज विष्टको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    गएराति साढे २ बजे विष्टले चलाएको लु ३ त ९९६० नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी ६० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij