२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • मधेश प्रदेशमै बाराका दुई उपमहानगर भ्रष्टाचारमा...
--4066

मधेश प्रदेशमै बाराका दुई उपमहानगर भ्रष्टाचारमा पहिलो र दोस्रो

मधेश प्रदेशमै बाराका दुई उपमहानगर भ्रष्टाचारमा पहिलो र दोस्रो

शुक्रवार, चैत्र ११ २०७८
शुक्रवार, चैत्र ११ २०७८
  • बुटवल । बाराको जितपुर सिमरा र कलैया दुई उपमहानगर भ्रष्टाचारमा पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

    अख्तियार अनुसन्धान आयोग हेटौंडाले बाराको कलैयामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन अन्तर्क्रियामा सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धि उजुरीको तथ्यांकमा मधेश प्रदेशमै बाराको जितपुर सिमरा र कलैया दुई उपमहानगर पहिलो र दोस्रो स्थानमा रहेका हुन् ।

    उल्लेखित तथ्यांकको आधारमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जितपुर सिमरा उपमहानगरको ७६ भ्रष्टाचारका उजुरीमध्ये ३७ वटा फर्छ्यौट भएको र बाँकी गम्भीर प्रकृतिका तथ्य सहितको उजुरी रहेकोले अनुसन्धानको क्रममा रहेको छ भने कलैया उपमहानगरको ५४ उजुरी मध्ये २९ उजुरी फर्छ्यौट भएको र २५ उजुरी फर्छ्यौट हुन बाँकी रहेको जनाइएको छ ।

    यसअघि प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा सबैभन्दा कम अंक ल्याउने पालिकामध्ये जितपुर सिमरा उपमहानगर दोस्रो स्थानमा रहेको र कलैया उपमहानगरले ५० अंक समेत ल्याउन नसकेको तथ्यांक सार्वजनिक भइसकेको छ ।

    जितपुर सिमराका मेयर डा. कृष्ण पौडेल निर्वाचित भएलगतै कार्यशैली अपारदर्शी हुँदा आरोपित र विवादित बन्दै आएका छन् भने कलैया उपमहानगरका मेयर राजेश यादवले आफ्नै मिलमा रहेको कुहिएको दाल कोरोनाको महामारीमा राहत वितरण गरेको आरोपमा कारवाहीमा परेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij