२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • नेकपाका महासचिव विप्लवसहित सबै केन्द्रीय टिम...
--4065

नेकपाका महासचिव विप्लवसहित सबै केन्द्रीय टिम जनकम्युन कपिलवस्तुमा श्रममा सहभागी

नेकपाका महासचिव विप्लवसहित सबै केन्द्रीय टिम जनकम्युन कपिलवस्तुमा श्रममा सहभागी

शुक्रवार, चैत्र ११ २०७८
शुक्रवार, चैत्र ११ २०७८
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, केन्द्रीय समितिका सचिवालय सदस्यहरू प्रकाण्ड, कञ्चन, सुदर्शन र विषम केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएका छन् ।

    पार्टी केन्द्रीय सम्पर्क कार्यालय शिवगढी, कपिलवस्तुमा केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठक जारी रहेकै समयमा महासचिव, सचिवालयका सबै सदस्य र केन्द्रीय सदस्यहरू बिहीबार केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएर गहुँ काट्ने काम गरेका हुन् ।

    श्रममा सहभागी पार्टी सचिवालय सदस्य र केन्द्रीय समितिका सदस्यहरूले यसलाई राजनीतिक आन्दोलनकै नयाँ परिघटनाका रूपमा लिएको प्रतिक्रिया दिएका छन् ।

    शनिबार सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार खाना समयसम्म सबै केन्द्रीय समितिका सचिवालय सदस्य, केन्द्रीय सदस्य र सल्लाहकार समितिका सदस्यले महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा आआफ्ना सुझाव, धारणासहित आफ्नो जिल्ला/क्षेत्र/जिम्मेवारीको रिपोर्टिङ प्रस्तुत गरेका छन् । पार्टी केन्द्रीय स्रोतले बैठक केही समय सञ्चालन हुने जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij