२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • बुटवलको जितगढीमा सडक दुर्घटना एक...
--4061

बुटवलको जितगढीमा सडक दुर्घटना एक जनाको मृत्यु

बुटवलको जितगढीमा सडक दुर्घटना एक जनाको मृत्यु

बिहिवार, चैत्र १० २०७८
बिहिवार, चैत्र १० २०७८
  • बुटवल । बुटवलको जितगढीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहीबार करिब १ बजे बुटवलबाट जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवल तर्फ आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो ।


    ठक्कर खाएर सडकमा लडेका स्कुटर चालकलाई बुटवल तर्फ आउँदै गरेको ना १ क ४१४६ नम्बरको तिलोत्तमा क्याम्पसको बसले किच्दा गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भई हाल बुटवल-१३ बस्ने मनोज थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । 


    स्कुटरका चालकलाई किचेर फरार भएको बसलाई नियन्त्रणमा लिइसकिएको र अहिले किच्ने बस, बसका चालक र मोटरसाइकल र मोटरसाइकलका चालक प्रहरी नियन्त्रणमा रहेका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij