बुटवल । शुद्धोधन गाउँपालिका वडा न. ३ सातकुलामा नेकपा निकट अखिल नेपाल भूमिहिन सुकुम्बासी संघको शुद्धोधन गाउँ भेला आयोजक कमिटी अर्नाजित हरिजनको संयोजकत्वमा ३४ सदस्यीय गठन भएको छ ।
उक्त कार्यक्रममा मनतब्य राख्दै नेकपा शुद्धोधन,सियारी गाउँपालिका सेक्रेटरी सन्तोष सुवेदीले सुकुम्बासीका समस्याहरू समाधान गर्न आफ्नो हक अधिकारको लागि संगठित भएर संङ्घर्ष बताए ।
सुवेदीले सुकुम्बासीका नाममा नक्कली सुकुम्वासी बनेर सयौं जमिन आफ्नो नाममा कब्जागरेर वास्तविक सुकुम्वासीहरूलाई अैझ पीडित बनाएको भन्दै वास्तविक भूमिहीन सुकुम्वासीहरूको पहिचान गरि व्यवस्थापन गर्न गराउन संगठित भएर राज्यलाई दबाव दिनुपर्ने बताए । उक्त कार्यक्रम सुद्धोधन गाउँपालिका १,२,३,४ वडा सेक्रेटरी छवि के.सिको सञ्चालनमा भएको थियो ।
