२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • सर्लाहीमा करेन्ट लागेर एकजना...
--4047

सर्लाहीमा करेन्ट लागेर एकजना मजदुरको मृत्यु

सर्लाहीमा करेन्ट लागेर एकजना मजदुरको मृत्यु

बुधवार, चैत्र ९ २०७८
बुधवार, चैत्र ९ २०७८
  • बुटवल । सर्लाहीमा मन्दिर बनाउने क्रममा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ।

    जिल्लाको लालबन्दी नगरपालिका–१५ सतभैयाका धनबहादुर दर्लामीको मन्दिर बनाउने क्रममा सोही स्थानका ४५ वर्षीय कुलबहादुर पुलामी मगरको मृत्यु भएको हो।

    त्यस्तै ४२ वर्षीय गणेशबहादुर दर्लामी घाइते भएका छन्। रड मिलाउने क्रममा बिजुलीको पोलमा रहेको नाङो तारमा रडले छुँदा करेन्ट लागेको थियो। 

    करेन्ट लागेर कुलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

    करेन्ट लागेर घाइते भएका गणेशबहादुर लालबन्दीमा सामान्य उपचारपश्चात घर फर्केका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij