२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4036

नेपालमा एमसीसी शुरुआत,

नेपालमा एमसीसी शुरुआत,

अधिग्रहण गरेको जग्गा ३५ दिनभित्र खाली गर्ने निर्देशन

मंगलवार, चैत्र ८ २०७८
मंगलवार, चैत्र ८ २०७८
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीसी) को नेपालमा कार्यन्वयन प्रक्रिया अगाडी बढेको छ । एमसिसी परियोजना अन्तर्गत सबस्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्नुपर्ने भएको छ । आज सूचना निकालेर एमसिए नेपालले अधिग्रहण गरिएका जग्गामा सबस्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको जनाएको छ।

    मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको छ।

    ‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij