२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रोनभित्र सुन लुकाएर...
--4034

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रोनभित्र सुन लुकाएर ल्याउने पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रोनभित्र सुन लुकाएर ल्याउने पक्राउ

मंगलवार, चैत्र ८ २०७८
मंगलवार, चैत्र ८ २०७८
  • बुटजल । ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित बिहीबार पक्राउ गरेको विमानस्थल प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिएका छन् ।

    पक्राउ पर्नेमा भुटानी शरणार्थी अनिषहाङ बहिङ राई छन् । भट्टराईका अनुसार उनले ड्रोन ह्यान्डब्यागमा बोकेर ल्याएका थिए। तर त्यसलाई उनले एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन्।

    कर्मचारीले शंका लागेर मेसिनमा हाल्दा शंकास्पद वस्तु देखियो,’ उनले भने, ‘ड्रोनको लेन्सनिर सुनको बिस्कुट रहेछ । सुरूमा उनीबाट १०० ग्राम सुन बरामद भएको थियो। त्यसरी सुन भेटिएपछि प्रहरी तथा कर्मचारीले उनको अर्को लगेज पनि चेक गरेको थियो ।

    त्यसभित्र रहेको जुत्ता भित्रको भागबाट पनि चाँदीको जलप लगाइएको धातु बरामद भएको भट्टराईले बताए । ‘जुत्ता भित्र पनि ९३४ ग्राम सुन जस्तो धातु तर बाहिर चाँदीको जलप लगाइएको वस्तु फेला परेको छ  । उनले भने, ‘त्यसको परीक्षण हुँदैछ। रिपोर्ट आइसकेको छैन।’

    उनीबाट पाँच वटा फोन पनि बरामद भएको छ। पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। उनीमाथि अनुसन्धान अघि बढेको भन्सार कार्यालयले जनाएको छ। 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij