पारस राहादी मगर,बुटवल । अखिल (क्रान्तिकारी) रुपन्देहीले मोरङको लेटाङ नगरपालिका वडा नं ५ स्थित शिक्षा विकास माविमा कक्षा ७ मा अध्ययनरत एक छात्रामाथि हिजो आइतबार बिद्यालय परिसरमा सोही बिद्यालयमा पढाउने शिक्षक मनोज पौडेलले गरेको यौन दुर्वव्यहारविरुद्ध विरोध कोणसभा गरेको छ ।
विरोधको सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य साया किरणले विद्यालयमा नै छात्राहरू अशुरक्षित हुने परिस्थिति आउनु लज्जास्पद र निन्दनीय भएको बताइन् ।
यौनपिपासु, बलात्कारी जस्तो क्रुर अपराधी शिक्षकको भेषमा हुनुले हाम्रो समाजको वास्तविक मुखुण्डो उत्रेको बताउँदै पितृसत्ताको अहङ्कार र यौनपिपासु मानसिकताको भण्डाफोर गर्नुको विकल्प नभएको बताइन् ।
साथै क्रान्तिकारीका केन्द्रीय सदस्य साया किरणले केही दिनअघि मात्र अठार महिने बालिकाको बलात्कार पछि हत्या भएकोमा कडा विरोध जनाइन् । यौनदुर्व्यहार गर्ने शिक्षा विकास माविका शिक्षक मनोज पौडेलमाथि कडा पनि कडा कारबाही गर्न माग गर्दै बिद्यालयमा छात्राहरूको सुरक्षाको ग्यारेन्टी गर्न माग गरिन् ।
मोरङको सो घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनरत बिद्यार्थी तथा स्थानीयबासि र प्रहरीबिच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान गएको छ । झडपमा केही स्थानीय,बिद्यार्थी र प्रहरी घाइते भएका छन् ।
अखिल (क्रान्तिकारी) रुपन्देहीले बुटवलको बुद्धनगरमा आज विरोध कोणसभा गरेको हो । सोही कोणसभा भोलि पनि गर्ने जनाइएको छ।
