प्रकाश बहादुर थापा । वडी केदार डोटी डोटी- डोटीमा बस दुर्घटना भएको छ । जिल्लाको वडी केदार गाउँपालिका–१ अलाडी महोन्याल मन्दिर नजिकै बस दुर्घटना भएको हो। घाङ्गलबाट जोशिपुरका लागि हिडेको रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसमा २२ जना यात्रु सवार रहेका थिए । प्रहरीका अनुसार बस दुर्घटनामा परि चार जना यात्रु घाइते भएका छन् भने अन्य यात्रुको अवस्था सामान्य रहेको छ । घटनाको थप अनुसन्धान भैहरेको प्रहरीले जनाएको छ ।
