२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
--4025

मोरङमा विद्यार्थीमाथि यौन दुर्व्यवहार, झडपमा महिला प्रहरीको मृत्यु

मोरङमा विद्यार्थीमाथि यौन दुर्व्यवहार, झडपमा महिला प्रहरीको मृत्यु

आइतवार, चैत्र ६ २०७८
आइतवार, चैत्र ६ २०७८
  • बुटवल । मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ। लेटाङ-५ खेरुवास्थित आइतबार शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए। आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

    नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटना भएपछि उग्र भएको भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको बाक्लो उपस्थिति बनाइएको थियो। तर, आक्रोशित भीडले शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको उनले बताए। चितवनबाट साँझ लेटाङ पुगेका मेयर राईले एकपछि अर्को घटना हुनुले चिन्ता बढाएको बताए।

    विद्यालय तनावग्रस्त बनेपछि प्रहरीको टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो। नगरपालिकाका उपमेयर तथा सोही वडाका अध्यक्षसमेत घटनाबारे बुझ्न जाँदा तनावग्रस्त भीडले आक्रमणको प्रयास गरेको थियो। आक्रोशित भीडले विद्यालयमा आगजनीसमेत गरेको थियो। विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई  प्रहरीले बेलुका निकाल्ने क्रममा आक्रोशित भीडले आक्रमण गरेको थियो।

    त्यसैगरी स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको थियो। स्थानीयका अनुसार यसक्रममा एक युवकलाई पनि गोली लागेको छ। तर, यसबारे प्रहरीले आधिकारिक जानकारी दिइसकेको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij