२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
समाचार

पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मंगलवार, आश्विन २२ २०८१
मंगलवार, आश्विन २२ २०८१
  • पर्वत रुपन्देही सेवा समाजले  नेपालीहरुका महान पर्व बिजया दशमी ,शुभ दिपावली , नेपाल सम्वत् तथा छट पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
    समाजका संस्थापक अध्यक्ष तथा रुपन्देही उद्योग संघका बरिस्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
    प्रमुख अतिथि पराजुलीले नेपालीहरुका बिशेश पर्वहरुका अवसरमा देश बिदेशमा रहने सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दै पर्वत रुपन्देही सेवा समाजले अगाडि बढाएका सामाजिक कामहरु प्रति धन्यवाद व्यक्त गर्नु भयो । पर्वत रुपन्देही सेवा समाजको अभियानमा जोडिन सबै पर्वतेलीहरुलाई आग्रह गर्दै संस्थाले रुपन्देहीमा छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भयो ।
    समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माले संस्थाको तर्फबाट सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दै देश प्राकृतिक विपत्तिको पिडामा रहेको बताउनु हुदै बाढीपीडितहरुले समेत दशै मनाउन पाउने वातावरण मिलाउन सरकार सँग आग्रह गर्नु भयो । संस्थाले आगामी दिनहरूमा सामाजिक कामहरुमा बढी ध्यान दिने समेत अध्यक्ष शर्माले बताउनु भयो ।
    उक्त कार्यक्रममा बरिस्ठ उपाध्यक्ष लेखनाथ भट्टराई , महासचिव टेकराज शर्मा ,कोषाध्यक्ष शारदा देवी रेग्मी , वरिष्ठ सदस्य टुकलाल न्यौपाने ,सैनामैना नगर अध्यक्ष बिष्णु प्रसाद काफ्ले , तिलोत्तमा नगर अध्यक्ष लोक प्रसाद भुसाल ,सुद्दोदन पालिका अध्यक्ष नवराज आचार्य ,सिर्द्धार्थ नगर समिति सह सचिव कुमार केसी लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियोे । कार्यक्रम संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij