कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका १, गुगौलीमा दुधाधारी माध्यामिक विद्यालयका विद्यार्थीहरु होलिको टिकाको बिषयमा सुरु भएको बिबाद बिच झडप भई बिद्यालय परिसर तनावग्रस्त भएको छ ।
विद्यार्थीको दुई समूह विच झडप हुदा १ जना शिक्षक घाइते भएका छन ।
झडपमा विद्यार्थीहरुले ढुँगा प्रहार गरि झ्याल ढोका तोडफोड गर्दा विद्यालयमा रहेका १ दर्जन भन्दा बढी कम्पयूटरमा क्षति भएको छ । आक्रोशित विद्यार्थीहरुको भिड्लाई तितर वितर पार्न अश्रुग्यास समेत प्रयोग गरिएको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरिक्षक रण बहादुर विष्टले जानकारी दिएको हो ।

तीन घण्टा सम्म लामो झडप हुँदा विद्यालय परिसर निकै तनावग्रस्त थियो, झडपकै क्रममा एक दर्जन सशस्त्र प्रहरी समेत घाइते भएको समाचार प्राप्त भएको छ । उनीहरुको संजिवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ ।
अहिले अवस्था सामान्य रहेको र दुवै विद्यार्थी समुहका अभिभावक वीच छलफल भइरहेको विद्यालय प्रशासनले जनाएको हो ।
