२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • बुटवलमा अनेकोट हत्याकाण्डका सहिदहरूको सम्झनामा प्रतिरोध...
--4014

बुटवलमा अनेकोट हत्याकाण्डका सहिदहरूको सम्झनामा प्रतिरोध सांस्कृतिक दिवस मनाइदै

बुटवलमा अनेकोट हत्याकाण्डका सहिदहरूको सम्झनामा प्रतिरोध सांस्कृतिक दिवस मनाइदै

शनिवार, चैत्र ५ २०७८
शनिवार, चैत्र ५ २०७८
  • बुटवल । रुपन्देहीको बुटवलमा आज काभ्रेको अनेकोटमा सहादत प्राप्त गर्ने सांस्कृतिक सहिदहरुको सम्झनामा २४ औं प्रतिरोध सांस्कृतिक दिवस मनाइदैछ । तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको तीन बर्षपछि २०५५ चैत ५ गते काभ्रेको अनेकोटमा घेरा हालेर निशस्त्र अवस्थामा रहेका ७ जना कलाकारहरुलाई राज्यले पाशविक तरिकाले हत्या गरेको थियो । 

    सोही दिनको स्मरणमा बुटवलमा अखिल नेपाल जनसांस्कृतिक महासंघले प्रतिरोध सांस्कृतिक दिवसको रुपमा अनेकोट हत्याकाण्डलाई स्मरण गर्दैछ । यो सन्दर्भमा बुटवलमा सिर्जना चौतारीको नियमित शृङ्खलाको औपचारिक शुभारम्भ समेत गरिदैछ । त्यसैगरी काठमाडौमा पनि महासंघ केन्द्रीय समितिको आयोजनामा विशेष कार्यक्रम गरी मनाउदैछ । 

    बुटवलमा हुने कार्यक्रममा सांस्कृतिक सहिदहरुको स्मरण गरिने, स्रष्टाहरुले गीत, कविता, मुक्तकहरु प्रस्तुत गरिने र संग्रामी सांस्कृतिक परिवारका कलाकारहरुले नाच समेत प्रस्तुत गर्ने आयोजकले बताएको छ । कार्यक्रममा रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासीका स्रष्टाहरुको सहभागिता रहने बताइएको छ । 

    जनयुद्धले तीव्र गति लिँदै गरेको समयमा काभ्रेको अनेकोटमा २०५५ साल चैत ५ गते तत्कालीन आततायी सत्ताले च्याङ्बा लामा, गुम्बसिंह तामाङ, मञ्जु कुँवर, निर्मला देवकोटा, चिनीमाया तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठसहित सातजना जनसंस्कृतिकर्मीलाई अमानवीय, क्रूर र बीभत्स तरिकाले हत्या गरेको थियो । 

    त्यसैगरी भाबाङमा २०५६ साल असार ८ गते जलजला सांस्कृतिक परिवारका जनकलाकारहरू मङ्गलबहादुर बुढामगर, सुन्दर घर्तीमगर, दुर्गाबहादुर घर्तीमगर, दीपेन्द्र घर्तीमगर, शुकप्रसाद घर्तीमगर, लालबहादुर सार्की, कुमारी घर्तीमगर, गोविन्द घर्तीमगर र दिलकुमार बुढामगरले प्रतिरोध गर्दागर्दै बलिदान गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij