२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • राजनीति
  • नेकपा केन्द्रीय समितिको १२ औं पूर्ण...
--4012

नेकपा केन्द्रीय समितिको १२ औं पूर्ण बैठक शिवगढीमा सुरू, राजनीतिक प्रतिवेदन पेश

नेकपा केन्द्रीय समितिको १२ औं पूर्ण बैठक शिवगढीमा सुरू, राजनीतिक प्रतिवेदन पेश

महासचिव विप्लवद्धारा राजनीतिक प्रतिवेदन प्रस्तुत

शुक्रवार, चैत्र ४ २०७८
शुक्रवार, चैत्र ४ २०७८
  • कपिलवस्तु । नेकपा केन्द्रीय समितिको १२ औं पूणर् बैठक शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । शिवगढीमा निर्माणाधिन केन्द्रीय कार्यालयमा नेकपाको केन्द्रीय समितिको बैठक सुरु भएको हो । बैठकमा महासचिव विप्लवले राजनीतिक दस्तावेज केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागी वितरण गर्नुभएको छ । प्रतिवेदन अध्ययनपछि केन्द्रीय सदस्यहरुले आ-आफ्नो जिल्ला र विभागहरुको रिपोर्टसहित धारणा पेश गर्ने बताइएको छ । 

    नेकपाको बैठक तीनवटा बिषयमा केन्द्रीत हुने बुझिएको छ । जसअनुसार संसदबाट एमसीसी परियोजना पास भएपछि यसबाट उत्पन्न देशको राष्ट्रिय संकटको परिस्थिति, पार्टीको ९ औं महाधिवेशन र सरकारले घोषणाको आगामी निर्वाचन आदि रहेका छन् । 

    सरकारसित भएको ३ बुँदे सहमतिको समीक्षाबारे समेत छलफल हुने बताइएको छ । त्यसैगरी संगठनात्मक र आगामी संघर्ष, समसामयिक अन्तर्राष्ट्रिय बिषयमा समेत बैठकमा छलफल हुने स्रोतले बताएको छ । 

    यसअघि नेकपाको तनहुँमा केन्द्रीय समितिको बैठक बसेको थियो । अहिले नेकपाको केन्द्रीय समितिको बैठक बसिरहँदा स्थानीय चुनावहरुबारे विभिन्न टिकाटिप्पणी आइरहेको बेला केन्द्रीय समितिले आफ्नो नीति तय गर्न लागेको हो । नेकपाको बैठकले अहिले सबैको ध्यानकेन्द्रीत गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij