२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अखिल...
--4011

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी) द्वारा संघर्षको घोषणा

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी) द्वारा संघर्षको घोषणा

शुक्रवार, चैत्र ४ २०७८
शुक्रवार, चैत्र ४ २०७८
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल ( क्रान्तिकारी ) ले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि विरुद्धमा संघर्ष गर्ने घोषणा गरेको छ ।

    शुक्रबार अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष प्रकाश शाहीले विज्ञप्ति जारी गर्दै चैत ४ गते २ बजे देशहरूका क्याम्पसहरुमा विरोध प्रदर्शन गर्ने र ६ गते आयल निगमको केन्द्रिय कार्यालय घेराऊ तथा प्रदर्शन गर्ने भनिएको छ ।

    विज्ञप्तिमा उल्लेख गर्दै चर्को कर थोपरेर जनतालाई लुटिरहेको सरकार रुस–युक्रेन युद्ध लगायतका कारण विश्व बजारमा कच्चा तेलको मुल्य वढीरहेको अहिलेको अवस्थामा राज्यले थोपरेको चर्को कर घटाएर राहत दिनुको सोटो पटक पटक मुल्यवृद्धि गरिरहेको छ ।

    पेटोलीयम पदार्थको कालोवजारी र चुवावट नियन्त्रण गर्न, भ्रष्ट कर्मचारीहरू माथी कारवाही तथा वैकल्पिक र आत्मनिर्भर उर्जाको उत्पादन र प्रयोगमा जोड दिन विशेष माग राख्दछौं भनिएको छ ।

    यस्तो छ विज्ञप्तिको पूर्णपाठ :

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij