२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--4007

जेठ १८ गतेबाट कक्षा १२ को परिक्षा सुरू हुने

जेठ १८ गतेबाट कक्षा १२ को परिक्षा सुरू हुने

बिहिवार, चैत्र ३ २०७८
बिहिवार, चैत्र ३ २०७८
  • बुटवल । कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेबाट सञ्चालन गरिने भएको छ । 

    राष्ट्रिय परीक्षा बोर्डको भोलि शुक्रबार बैठक बस्दैछ । बोर्डका विश्वस्त सूत्रअनुसार आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्न प्रस्ताव तयार गरिएको छ र त्यसलाई बोर्ड बैठकले स्वीकृति प्रदान गर्नेछ । परीक्षा तालिका भाेलिकाे बाेर्ड बैठकपछि सार्वजनिक गरिनेछ ।

    बोर्डले गत परीक्षाबाट प्रश्नपत्र छाप्न छोडेको छ । अनलाइन माध्यममार्फत प्रश्नपत्र परीक्षा केन्द्रमा पठाउने कार्यको थालनी गएको परीक्षाबाट सुरु गरिएको हो ।

    यसपटक पनि बोर्डले अनलाइन माध्यमबाट नै प्रश्नपत्र पठाउने भएको छ ।

    बोर्डका पदाधिकारीका अनुसार परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ । जिल्लास्तिर परीक्षा समितिले नै परीक्षा केन्द्र कायम गर्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij