२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • नेकपा बझाङका नेता बाजीलाल २ वर्ष...
--4004

नेकपा बझाङका नेता बाजीलाल २ वर्ष पछि रिहा

नेकपा बझाङका नेता बाजीलाल २ वर्ष पछि रिहा

बुधवार, चैत्र २ २०७८
बुधवार, चैत्र २ २०७८
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) बझाङका नेता बाजिलाल शाही (सागर ) २ बर्ष पछि आज बिहान रिहाइ भएका छन् ।

    राज्यले लगाएको झुटा मुद्दामा कैद भुक्तानी गरिरहेका शाहीलाई आज कैद मुक्त गरिएको हो। शाही २०७६ साल १२ महिना २ गते देखि जिल्ला कारागार बझाङमा कैदि बन्दी रहेका थिए ।

    लामो समय राजनितिक परिवर्तनका लागि संघर्ष गरिरहेका शाही रिहाई भएपछि परिवारका सदस्य,नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए ।

    जयपृथ्वी नगरपालिका १ कैलाश घर भएका बाजिलाल शाही जेल मुक्त भएपछि उहाँलाई फुलमाला,दोसल्ला ओढाएर बाजागाजा सहित चैनपुरको चौराहमा कोण सभा गरिएको छ ।

    केपी ओली नेतृत्वको सरकारकै पालामा गत फागुन २० गते भएको तीन बुँदे सहमतिमा उक्त पार्टीका कार्यकर्ता रिहाइ गर्ने विषयलाई गम्भीर रुपमा लिएपनि कतिपय कार्यकर्ता भने अझै जेल जीवन बिताइरहेका छन् ।

    अहिलेको देउवा सरकारले छिटै नेताकार्यकर्ता रिहाई गर्ने र झुटा मुद्दा खारेज गर्ने भनेको भएता पनि कार्यान्वयन चाहिँ अझै हुन सकेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij