२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--3998

एमाले अव चुनाव केन्द्रितः गिरी

एमाले अव चुनाव केन्द्रितः गिरी

बुधवार, चैत्र २ २०७८
बुधवार, चैत्र २ २०७८

  • तिलोत्तमा, २ चैत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले पार्टी अव निर्वाचन केन्द्रित भएको भन्दै सोही अनुसार परिचालित हुन कार्यकर्तालाई आग्रह गरेका छन् । पाँचदलीय गठबन्धनलाई परास्त गर्ने गरी एमालेले आफ्नो चुनावी अभियानलाई अघि बढाउने पनि उनले जानकारी दिए ।

     एमाले तिलोत्तमा नगर कमिटीद्वारा बुधबार शंकरनगरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै पोलिटब्यूरो सदस्य गिरीले यस्तो बताएका हुन् । “एमाले अव चुनामा केन्द्रित भएको छ, अवका तीनै तहका निर्वाचनमा एमालेको विजय निश्चित छ”-उनले भने । 

    एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न डराएर अन्य दलहरुले गठबन्धन गरेर मात्र चुनावमा जाने तयारी गरेको भन्दै जुनसुकै गठबन्धन भएपनि एमाले एक्लै चुनावी प्रतिष्पर्धामा  उत्रिन तयार रहेको बताए ।
    उनले एमाले नै मुलुक र जनताको आशा र भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतैपनि देखिन छाडेको बताए । “सरकार छ कि छैन भन्ने कुराको जनतालाई वास्ता छैन र सरकारप्रति आम विश्वास पनि छैन”-गिरीले भने । 

    उनले अहिले सबैतिर एमाले प्रवेशको लहर चलिरहेको र पार्टीप्रतिको आकर्षण बढ्दै गएको भन्दै बाटो बिराएकाहरुलाई पार्टीमा फर्किन आग्रह गरे ।
    कार्यक्रममा बोल्दै एमालेका अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपनेले पार्टीमा योगदान र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए । पार्टीमा कसैलाई काखापाखा वा भेदभाव नगरिने पनि  न्यौपानेले बताए ।

    उनले देशव्यापीरुपमा एमालेप्रतिको आकर्षण बढेको भन्दै अहिले सबैतिर पार्टी प्रवेशको लहर चलिरहेको उल्लेख गरे । आफ्नो दलमा प्रवेश गर्नेहरुलाई नयाँ र पुरानोको आधारमा भेदभाव नगरिने र कामको आधारमा मूल्यांकन र जिम्मेवारी प्रदान गरिने न्यौपानेले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij