सावन राना, बुटवल । रूपन्देहीको बुटवलमा नेकपा सहित ६ राजनितिक दल र दुई मोर्चाद्वारा एमसीसी विरुद्ध विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ । एमसीसी विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको राजनिति दल, -याली सहित कोण सभामा परिणत भएको हो ।
उक्त सभामा बोल्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव श्याम सेन्चुरीले नेपालमा शेर बहादुर देउपाको नेतृत्वको गठबन्धन सरकारले जनताको आँखामा छारो हाल्दै रातारात राष्ट्रघाती एमसीसी संझौता पास गरी मजदुर, किसान र सुकुम्बासीका समस्या माथि कुठाराघात गरेको बताए । उनले साम्राज्यवादले विश्व भू-मण्डलीकरण गर्ने उद्वेश्यले विश्वका गरिव मुलुकहरुमा आफ्ना गतिविधीहरु लाई विभिन्न सहयोग प्याकेजको बहानामा अघि बढिरहेको अवस्थामा आम नेपाली किसान, मजदुर सबै तह तप्का आन्दोलनमा होमिदै कुनै हालतमा एमसीसी कार्यावन्यन हुन दिन नहुने बताए ।
अर्का वक्ता अखिल नेपाल ट्रेड युनियन (अनटुक) का केन्द्रीय अध्यक्ष लोकराज भुसालले नेपालमा क्रियाशील संसदलाई घांटी च्यापी संसदबाट जवर्जस्ती ब्याख्यात्मक टिप्पणी पेश गर्दै एमसीसी पास गरी देशलाई ध्वस्त पार्ने काम गरेकोले देशभक्त राष्ट्रवादी आम नेपाली यसको विरुद्धमा लामबद्ध हुनु पर्ने बताए ।

बैज्ञानिक समाजवादीका ट्रेड युनियनका संयोजक भुवन सेन्चुरीले राष्ट्रघाती दलाली सत्ताले झुट्टा खेती गरेकोले यसको भण्डाफोर गर्नुपर्ने बताए ।
अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रुक बहादुर पराजुलीले एमसीसी धोका हो यो कुनै पनि हालतमा कार्यावन्यन हुन दिन नहुने बताए ।
अनेकि महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य लक्ष्मीकान्त पौडलले गठबन्धन सरकारले एमसीसी नेपालको संविधान भन्दा माथि रहेको भनेर नेपाली जनतालाई घात गरको भन्दै यसका विरुद्ध निरन्तर संघर्ष गर्नु पर्ने बताए ।
कार्यक्रम क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा प्रदेश प्रमुख खगेन्द्र पौडेलले सञ्चालन गरेका थिए ।
