२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • जनपत्रकार संगठन उदयपुरद्वारा पत्रकार महासंघलाई...
--3994

जनपत्रकार संगठन उदयपुरद्वारा पत्रकार महासंघलाई ज्ञापनपत्र पेश

जनपत्रकार संगठन उदयपुरद्वारा पत्रकार महासंघलाई ज्ञापनपत्र पेश

बुधवार, चैत्र २ २०७८
बुधवार, चैत्र २ २०७८
  • बुटवल । जनपत्रकार संगठन नेपाल उदयपुरले नेपाल पत्रकार महासंघ उदयपुरलाई ज्ञापनपत्र बुझाएको छ । बिभिन्न सुझावसहित ६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

    जनपत्रकार संगठन नेपाल उदयपुर जिल्ला अध्यक्ष अनिता गजमेरको नेतृत्वमा गएको टोलीले शाखाका कार्यबाहक अध्यक्ष भरत खड्कालाई कार्यकक्षमा पुगि ज्ञापनपत्र बुझाएको छ ।

    सम्पूर्ण पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउँन भन्दै जनपत्रकार संगठनले ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष अनिता गजमेरले बताईन् ।

    ज्ञापनपत्रमा, श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायीत्वलाई सुनिश्चिताका लागि ठोस पहल गर्न माग गरिएको छ । साथै कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुन स्स्थापन, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्न आग्रह गरीएको छ ।

    ‘हामीले सदस्यहरुको सुद्धिकरण गरि महासंघलाई मर्यादित र जिम्मेवारी बनाउन आग्रह गरेका छौँ ।’ अनिताले भनिन् पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस भन्ने माग गरेका छौँ ।’

    संगठनले समानुपातिक बिज्ञापन प्राणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गर्न आग्रह गरेको छ । साथै, पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न तालिम र प्रशिक्षणको व्यवस्था गर्न माग गरेको छ ।

    पत्रकारहरुको स्वास्थ्य बीमा, जीवन बीमा र संचार ,सामाग्रीको बीमा गर्ने व्यवस्था गर्न पनि माग गरेको छ । नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले संगठनले बुझाएको ज्ञापनपत्र कार्यवाहक अध्यक्ष भरत खड्काले आफुले बुझेको बताएका छन् ।

    ज्ञापन पत्र बुझ्दै, महासंघ कार्यबाहक अध्यक्ष खड्काले, पत्रकारको हकहितकै लागि ज्ञापनपत्र बुझाएकाले आफुहरूले बुझेको खड्काको भनाई रहेको छ । महासंघका अध्यक्ष भरत खड्काले यो ज्ञापनपत्रले थप जिम्मेवारी बहन गरि महासंघ अगाडी बढ्ने प्रतिकृया दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij