२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3989

विदेशी विनिमय अपचलनको आरोपमा दुईजना विरुद्ध मुद्दा दायर

विदेशी विनिमय अपचलनको आरोपमा दुईजना विरुद्ध मुद्दा दायर

मंगलवार, चैत्र १ २०७८
मंगलवार, चैत्र १ २०७८
  • बुटवल । राजस्व अनुसन्धान विभागले विदेशी विनिमयको अपचलन गरेको आरोपमा दुईजना विरुद्ध मुद्दा दायर गरेको छ। विभागले नेपालमा बसेर क्रिप्टोकरेन्सीमा लगानी गरी झण्डै दश करोड रुपैयाँ अपचलन गरेको जनाएको छ ।

    विभागले रतुवामाई ७ मोरङका पुस्कर श्रेष्ठ र बिनिता लिम्बु विरुद्ध काठमाडौं जिल्ला अदालतमा ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैया बिगो कायम गरी मुद्दा दर्ता गराएको हो ।

    उनीहरुले विभिन्न एप्लीकेसन मार्फत नेपालबाटै क्रिप्टोमा लगानी गरेको र यसका लागि अमेरिकी डलरको अवैध कारोबार गरेको विभागले अनुसन्धानले देखाएको छ।

    विभिन्न वैकका वैक स्टेटमेन्टहरु, वरामदित मोवाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट पुस्कर श्रेष्ठ र बिनिता लिम्बु समेतका प्रतिवादीहरूले सामूहिक रुपमा मिलिमतो गरी विभिन्न मोबाइल एप्स प्रयोग गरि विदेशि विनिमय अमेरिकी डलर सम्बन्धि कसुर कार्यमा संलग्न रहि सामूहिक रुपमा मोरङ्ग रतुवामाई नगरपालिकाबाट डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको कसुरजन्य कार्य गरेको विभागले जनाएको छ ।

    प्रस्तुत विवरणहरु ः

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij