२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3988

चीनद्वारा रुस र युक्रेनलाई उच्चतम संयम अपनाउन आग्रह

चीनद्वारा रुस र युक्रेनलाई उच्चतम संयम अपनाउन आग्रह

मंगलवार, चैत्र १ २०७८
मंगलवार, चैत्र १ २०७८
  • बुटवल । चीनले फेरि पनि दुवै पक्ष (युक्रेन र रुस) लाई ‘उच्चतम संयम’  अपनाउन आग्रह गरेको छ।

    अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभनसँग रोममा भएको चिनियाँ शीर्ष कूटनीतिज्ञ याङ जिची वीच भएको छलफलको क्रममा चीनले संयमतामा जोड दिएको बेइजिङले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

    चीनले जारी गरेको वक्तव्यमा याङले ‘सबै पक्षले उच्चतम संयम अपनाएर सर्वसाधारणको सुरक्षा गर्नु पर्ने र ठूलो स्तरको मानवीय संकट आउनबाट रोक्नु पर्ने’ बताएको उल्लेख छ । चीन शान्ति वार्ताको पक्षमा रहेको उनले बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले पनि ‘जति सक्दो अवस्था शान्त पार्न’ पहल गर्नु पर्ने याङले बताएका छन् ।

    तर उनले ‘सबै पक्षको वैध चासो’ सम्बोधन गरिनु पर्ने बताए । उनले सलिभनसँग रोममा भएको सात घण्टा लामो बैठकको क्रममा यस्तो टिप्पणी गरेका हुन् । रुसले चीनसँग सैन्य तथा वित्तिय सहयोग माग गरेको र त्यस अनुसार सहयोगका लागि चीनले सकारात्मक संकेत गरेको आरोप सहितका खबर प्रकाशित भएका बेला अमेरिका र चीनका अधिकारीबीच छलफल भएको हो ।

    चीनले भने रुसलाई सैन्य सहयोग दिने कुनै तयारी नरहेको भन्दै समाचारहरुको खण्डन गरेको छ। यस्तै रुसले चीनसँग सैन्य सहयोग नमागेको दाबी गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएको छ । 

    रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । विश्वका अधिकांश देशले रुसी आक्रमणको विरोध गर्दा चीनले हालसम्म तटस्थ बस्ने नीति लिएको छ । उसले अहिलेसम्म युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij