२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--3986

लाइसेन्सका लागि नयाँ अनलाइन आवेदन बन्द

लाइसेन्सका लागि नयाँ अनलाइन आवेदन बन्द

मंगलवार, चैत्र १ २०७८
मंगलवार, चैत्र १ २०७८
  • बुटवल । सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द भएको छ ।

    यातायात व्यवस्था विभागले हिजो सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि आजदेखि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ ।

    लाइसेन्सका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्षपछि सम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ ।

    कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेको विभागले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij