बुटवल । नेकपाले भ्रष्टहरुलाई कारवाहीको निशाना बनाएको छ । नेकपा निकट यूवा संगठन नेपाल जाजरकोटले स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीलाई कालोमोसो दलेको छ । सोमबार कार्यालयमा पुगेर संगठनले प्रमुख जैसीलाई कालोमोसो सहित जुत्ताको माला लगाएको हो ।
कोरोना महामारीको वेला सहित अन्य समय भष्ट्रचारमा संग्लन भएको भन्दै संगठनले कालोमोसो दलेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । भ्रष्टहरुको कारवाहीलाई देशव्यापी बनाउने नेकपाले बताएको छ ।
काेराेना महामारीको समयमा सबभन्दा बढी रकम भ्रष्टाचार गरेकाे उक्त संगठनले जनाएको छ। त्याे बाहेक कार्यालय प्रयाेजन, भौतिक संरचना निर्माण र मर्मत लगाएत विरामीलाई दिनुपर्ने खाजा रकम समेत गरि ५० लाख बढी रकम हिनामिना गरेकाे प्रमुख जैसी माथि आराेप लगाउदै जनकारबाही गरिएको युवा संगठन नेपाल जाजरकोटद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसअघि पनि जाजरकोटकै छेडागाड नगरपालिका-६ का वडा अध्यक्ष रामबहादुर केसीलाई अखिल( क्रान्तिकारी ) जाजरकोटले लाखौ भ्रष्टाचार गरेको भन्दै कालामोसो दलेर जुत्ताको माला लगाएर जनकारबाही गरेको थियो।

