२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • इन्जिनियर एशोसिएसन लुम्बिनी प्रदेश अध्यक्षमा श्रेष्ठ...
--3976

इन्जिनियर एशोसिएसन लुम्बिनी प्रदेश अध्यक्षमा श्रेष्ठ विजयी

इन्जिनियर एशोसिएसन लुम्बिनी प्रदेश अध्यक्षमा श्रेष्ठ विजयी

सोमवार, फाल्गुण ३० २०७८
सोमवार, फाल्गुण ३० २०७८
  •  


    भैरहवा, फागुन ३० । नेपाल इन्जिनियर्स एसोसियसन लुम्बिनी प्रदेशको अध्यक्षमा इन्जिनियर शैलेन्द्र कुमार श्रेष्ठ विजयी भएका छन् ।

     फागुन २८ गते भएको निर्वाचनबाट इन्जिनियर श्रेष्ठ ४९९ मत पाएर विजयी भएका हुन् ।

    श्रेष्ठका प्रतिस्पर्धि इन्जिनियर जीवन अर्यालले ४१६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा लेखबहादुर बस्नेतले ४९२ मत ल्याएर विजयी भएका छन् । सचिवमा गोबिन्द पंगेनी, सहसचिवमा अर्जुन गिरी, कोषाध्यक्षमा सन्दिप रेग्मी विजयी भएका छन् ।

    सदस्यमा विद्या भूसाल, दर्शन तिवारी, अर्जुन पाण्डे, तुल्सिराम वस्ती, प्रविन मिश्र, दिपेश घिमिरे, आरती देवकोटा,  इश्वर जिसी, सोवित अहमद, विनय कुमार गुप्ता, शंकर बुढाथोकी, प्रविन जमरकट्टेल रहेका छन् । केन्द्रिय सदस्यमा जयलाल मरासिनी र विश्व रन्जन मिश्र विजयी भएका छन् ।

    अध्यक्षमा विजयी श्रेष्ठ सिद्धार्थनगर नगरपालिकाका रिटायर वरिष्ठ इन्जिनिर हुन् भने प्रतिष्पर्धी जीवन अर्याल श्रेष्ठ रिटायर भएपछि सिद्धार्थनगर नगरपालिकामा वरिष्ठ इन्जिनियरको रुपमा कार्यरत छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij