बुटवल । नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाण बीच भेटवार्ता भएको छ । गृहमन्त्री खाँड र नकपाका प्रवक्ताबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको वार्तामा उठेका विषयबस्तुको कार्यान्वयन पक्षबारे दुई नेताबीच भेटवार्ता भएको हो ।
नेकपा र सरकारबीच भएको ३ बुँदे सहमतिबारे छलफल सकारात्मक रहेको नेकपा स्रोतले जनाएका छन् । भेटमा गृहमन्त्री खाणले नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारले पहल गरिरहेको बताएका थिए । नेकपा र सरकारबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएका थियो ।
