२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • सामाजिक सुरक्षा र मुख्य घटना दर्ता...
--3963

सामाजिक सुरक्षा र मुख्य घटना दर्ता सम्बन्धी अभिमुखिकरण कार्यक्रम

सामाजिक सुरक्षा र मुख्य घटना दर्ता सम्बन्धी अभिमुखिकरण कार्यक्रम

आइतवार, फाल्गुण २९ २०७८
आइतवार, फाल्गुण २९ २०७८
  • रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा सामाजिक सुरक्षा र मुख्य घटना दर्ता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युनिसेफ नेपाल र सेभ द चिल्ड्रेनको सहयोग तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र मुसिकोट नगरपालिकाको समन्वयमा समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस नेपाल)ले सामाजिक सुरक्षा र मुख्य घटना दर्ता सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । 

    सामाजिक सुरक्षा र मुख्य घटना दर्ताका सम्बन्धमा परियोजनाले मुसिकोट नगरपालिकाभित्र आगामी दिनमा संचालन गर्ने समुदाय परिचालन सम्बन्धी कार्यक्रमहरुको विषयमा जानकारी गराउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।  नगरपालिकाका कार्यबाहक प्रमुख प्रेम कुमारी सुनार केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सहजीकरण सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना संयोजक पुष्कर काफ्ले, लेखा अधिकृत किशोर पाण्डे र सिविस नेपालका परियोजना संयोजक उमङ्ग मैनालीले गर्नु भएको थियो ।

    यहि फागुन २९ गते आईतबार नगरपालिकाको सभाहल सेरीगाउँमा सम्पन्न कार्यक्रममा नगरपालिका वडा नम्बर १, ४, ५, ९, ११, १२ र १३ का अध्यक्ष तथा सचिवहरु, नगरपालिका अन्तरगतका बिभिन्न शाखा प्रमुखहरु र पञ्जिकरण शाखाका सम्पूर्ण कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सिविस नेपालका सामाजिक परिचालन अधिकृत गणेश कुमार खड्काले गर्नु भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij