२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • एमसीसी संझौताविरूद्व युवा संगठन कपिलवस्तुद्वारा विरोध...
--3957

एमसीसी संझौताविरूद्व युवा संगठन कपिलवस्तुद्वारा विरोध प्रदर्शन

एमसीसी संझौताविरूद्व युवा संगठन कपिलवस्तुद्वारा विरोध प्रदर्शन

शनिवार, फाल्गुण २८ २०७८
शनिवार, फाल्गुण २८ २०७८
  • अनिल थारु , कपिलवस्तु । एमसीसी संझौता विरूद्व ६ दल र २ मोर्चाको संयुक्त केन्द्रीय कार्यक्रम अनुसार नेपाल कम्युनिस्ट पार्टी नेतृत्व संगठन युवा सगठन नेपाल कपिलवस्तुले आज चन्द्रौटामा बिरोध प्रदर्शन गरेको छ।

    बिरोध कार्यक्रमलाई युवा संगठन नेपाल केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज बाद्लले सम्बोधन गर्दै राष्ट्रघाती  एमसीसी नेपाली जनता र नेपालको  पक्षमा नहुँदा हुँदै पनि शासकले पास गरेकोले अब हरेक युवा चोक चोक बाट उठ्न जरुरी रहेको दाबी दिनुभयो ।

    जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध र रास्ट्रघाती एमसीसी विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबै युवा हरुलाई अपिल समेत गरेका थिए ।

    कार्यक्रम सम्बोधन वक्ता युवा संगठन नेपाल ( क्रान्तिकारी ) प्रदेश सदस्य विनय रैदाश गरेका थिए। भने अखिल नेपाल युवक संघका टिना अदैको सञ्चालनमा सम्पन्न भएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij