२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • मुनलाइट आवासीय माविद्वारा स्वागत...
--3956

मुनलाइट आवासीय माविद्वारा स्वागत तथा वनभोज कार्यक्रम सम्पन्न

मुनलाइट आवासीय माविद्वारा स्वागत तथा वनभोज कार्यक्रम सम्पन्न

शनिवार, फाल्गुण २८ २०७८
शनिवार, फाल्गुण २८ २०७८
  •  

    भैरहवा । मुनलाइट आवासीय माध्यमिक विद्यालयले वनभोज तथा स्वागत कार्यक्रम गरेको छ ।

    शनिबार बाउन्नकोटी जङ्लमा पुगरे वनभोज तथा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरेको हो । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसका कारण भौतिक कक्षा सञ्चालन गर्न कठिन भइरहेकोले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयले यतिबेला स्वागत गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्राचार्य राजेश राज जोशीले विद्यार्थीको अनुसान नै गहना भएको बताउँदै सबल र अब्बल शिक्षा मुनलाइटले दिँदै आएको बताए । अन्य विद्यालय भन्दा फरक ढङ्गबाट शिक्षा प्रदान गरि रहेको बेला पहिलो प्राथमिकतामा विद्यालयले अनुसासनलाई लिएको प्राचार्य जोसीले बताए ।

    शैक्षिक सत्र सुरु हुनासाथ गरिने स्वागत कार्यक्रम यस वर्ष कोभिडको महामारीका कारण गर्न नसकेकोले अहिले वनभोज सहित स्वागत कार्यक्रम आयोजना गरिएको प्लस टु संयोजक टिकाराम भट्टराईले बताए । ‘हरेक वर्ष शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन र अतिरिक्त कार्यक्रम गर्दै आएपनि यस वर्ष कोभिडका कारण ढिला हुन गएको हो’  भट्टराई भने ।

    मुनलाइटका विद्यार्थीहरुले विगतमा जिल्ला हुँदै प्रदेशमा टप गर्न सफल भएको स्मरण गर्दै नियमितता  र लगनशीलता विद्यार्थीमा भए यस वर्ष र आगामी वर्ष हरुमा पनि नेपालमै उत्कृष्ट नतीजा ल्याउन सकिने सञ्चालक समितिका सदस्य बिना भण्डारीले बताइन् ।

    विद्यार्थीलाई शिक्षा प्रदान गर्न शिक्षकहरु जति बेला पनि तयार रहेको र शिक्षा सँगै अतिरिक्त क्रियाकलापमा विद्यालयले जोड दिएकोले विद्यार्थीको रोजाइमा मुनलाइट पर्ने गरेको शिक्षक भीमार्जुन पोखरेलले बताए ।

    कार्यक्रम विद्यालयका सञ्चालक समिति सदस्य बिना भण्डारीको अध्यक्षता र केदारनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij