२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • राजनीति
  • रूपन्देहीमा एमसीसी पारितविरूद्व युवा संगठनद्वारा मार्चपास...
--3950

रूपन्देहीमा एमसीसी पारितविरूद्व युवा संगठनद्वारा मार्चपास तथा विरोध प्रदर्शन

रूपन्देहीमा एमसीसी पारितविरूद्व युवा संगठनद्वारा मार्चपास तथा विरोध प्रदर्शन

शनिवार, फाल्गुण २८ २०७८
शनिवार, फाल्गुण २८ २०७८
  • बुटवल । संसदबाट पारित गरिएको राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध ६ कम्युनिस्ट पार्टी र २ मोर्चा अन्तर्गत युवा संगठनद्धारा आयोजित संयुक्त मार्चपास तथा विरोध प्रदर्शन बुटवलमा सम्पन्न भएकोे छ । 

    मार्चपासपछि भएको कोणसभालाई सम्बोधन गर्दै युवा संगठन नेपाल केन्द्रीय कोषाध्यक्ष विश्लेषणले एमसीसी परियोजना नेपालमा कार्यान्वयनमा हुन नसक्ने भन्दै यसलाई खारेजी गर्नुपर्ने बताउनुभयो । उहाँले एमसीसी पास गर्ने सांसदहरुलाई पत्राचार गरिएको बताउदै एमसीसी पास गरेर राष्ट्रघात गर्नेहरुलाई जनताले नछोड्ने बताउनुभयो । उहाँले बैदेशिक हस्तक्षेपबारे चर्चा गर्दै एमसीसी आइपिएसको अंग भएको बताउनुभयो । 

    क्रान्तिकारी युवा लिगका केन्द्रीय सचिवालय सदस्य प्रगति रानाले देश गभ्भीर संकटमा परेको भन्दै देशको सार्वभौमसत्ता र स्वाधीनताका लागी देशभक्त र क्रान्तिकारीहरु एक हुनुपर्ने बताउनुभयो । 

    अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य जुनविक्रम शाहीले वैदेशिक हस्तक्षेप विरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने बताउदै विचार र प्रविधिको संयोजन गरेर राष्ट्रघातविरुद्ध लड्नुपर्ने बताउनुभयो । 
    अखिल नेपाल युवक संघका जिल्ला सचिव कृष्ण जिसीको सञ्चालन गरेको कार्यक्रममा संग्रामी सांस्कृतिक परिवारका कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । 

    पुरानो बसपार्कबाट मार्चपास सुरु गर्दै अमरपथ, हाटबजार, जेसिसचोक, राममन्दिरलाइन हुँदै बिपीचोकमा पुगेर कोणसभा भएको थियो । 

    केन्द्रीय कार्यक्रम अन्तर्गत युवा संगठनले मार्चपास तथा विरोध सभा सम्पन्न गरेको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij