बुटवल । युवा संगठन नेपाल बाँकेले आयोजना गरेको अमेरिकी सहयोग परियोजना (एमसिसि) सम्झौता विरुद्ध कोहलपुरमा मार्च पास सहित विरोध पर्दशन गरेको छ। विरोध पर्दशन कोहलपुरको साझा चोक देखि लिएर चौराह चोकमा पुगि कोणसभामा परिणत भएको हो।
उक्त कोणसभालाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रिय सचिव तिलक योगिले`एमसिसी सम्झौताले देशमा अनेक किसिमको समस्या उत्पन्न बनाउने कुरा निश्चित रहेको बताए।
उनले संसदवादीहरुले गरेको विभिन्न सन्धि सम्झौताले मुलुकमा अपत्यारिलो घटना निम्तिएको कारण देशमा दिनदिनै महंगी र भ्रष्टाचार बढ्दै गएको प्रति नेता योगिले आपत्ति जनाउदै, जनताको जनजीवन महंगिको कारण एक छाक खाना टार्न पनि निरन्तर कष्टकर बन्दै गएको बताउदै दलाल सरकारका विरुद्ध `युवा संगठन नेपाल निरन्तर संघर्ष गर्दै अघि बढेको केन्द्रिय सचीव योगिले विरोध सभालाई सम्बोधन गरेका थिए।
विरोध सभामा पार्टीका शिर्ष नेताहरूले समेत सम्बोधन गरेका थिए।
