२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • महासचिव क. विप्लव र प्रधानमन्त्रीबीच ...
-.-

महासचिव क. विप्लव र प्रधानमन्त्रीबीच भेट, कार्यान्वयनबारे सहमति

महासचिव क. विप्लव र प्रधानमन्त्रीबीच भेट, कार्यान्वयनबारे सहमति

शनिवार, फाल्गुण २८ २०७८
शनिवार, फाल्गुण २८ २०७८
  • बुटवल ।  पुरानो सत्तामा रहेको सङ्कट वार्ता, छलफल र सहमतिबाट समाधान गर्न तयार भएर नेकपासँग तीनबुँदे सहमति गरेको एक वर्ष पूरा भइसक्दा पनि सहमति कार्यान्वयन नगरेर राजनीतिक वातावरण असहज बनाएको आरोप खेपिरहेको सरकारले तुरुन्तै निर्णय गरेर कार्यान्वयनमा जाने प्रतिबद्धता जनाएको छ ।

    नेकपाका महासचिव विप्लव र चारदलीय गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाबीच सुक्रवार भएको छलफलमा प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएको नेकपाको उच्च स्रोतले जनाएको छ ।

    नेकपा महासचिव विप्लवले प्रधानमन्त्री देउवासँग पूर्ववर्ती सरकारसँग तीनबुँदे सहमति भएको एक वर्ष पुग्दा पनि जेलमा रहेका नेकपाका नेता–कार्यकर्ताको रिहाइ र झूट्टा मुद्दा खारेज गर्ने प्रक्रिया अघि नबढ्दा आवश्यक राजनीतिक वातावरण नबनेकाले तत्काल राजनीतिक बन्दीलाई रिहा गरी पार्टीका सम्पूर्ण नेता–कार्यकर्तमाथि लगाइएका झूट्टा मुद्दा खारेज गर्नुपर्ने स्मरण गराउनु भएको थियो ।

    नेकपाका महासचिव क. विप्लवले प्रधानमन्त्रीलाई भन्नुभयो, सरकारले पार्टीसंग राख्नुपर्ने कुनै राजनितिक विषय भए छलफलका लागि तयार भएको र राज्यले आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताउँदै नेकपाको केन्द्रीय समितिको बैठक अघि नै पार्टीका सर्पूण नेता-कार्यकर्तामाथि लगाइएका झुठ्ठमुद्धा र्पूण रुपमा खारेज गरि रिहा गर्नु पर्ने समय सीमा दिएको नेकपा स्रोतले जाकारी दिएको छ ।

    सरकारका तर्फबाट प्रधानमन्त्री देउवाले पूर्ववर्ती सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा अब तुरुन्तै निर्णय गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

    छलफलका क्रममा नेकपाका तर्फबाट महासचिव विप्लवका साथै प्रवक्ता प्रकाण्ड सहभागी हुनु भएको थियो भने सरकारका तर्फबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र गृहसचिव टेकनारायण पाण्डेको सहभागिता थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij