२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • १२ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम...
--3946

१२ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा

१२ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा

शुक्रवार, फाल्गुण २७ २०७८
शुक्रवार, फाल्गुण २७ २०७८
  • बुटवल । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुने १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको उद्घाटन मिति नजिकिदैं गर्दा तयारीलाई तीब्र पारिएको छ ।

    ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगा १ जीतपुर स्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको हो ।

    महोत्सवको करिब ७५ प्रतिशत तयारी पूरा भइसकेको महोत्सवका स्टल संयोजक मदन पौडेलले बताएका छन् । संयोजक पौडेलले स्टल बुकिङ्गको काम अन्तिर चरण पुगेको बताए ।

    महोत्सव स्थलमा २ सय ५० स्टल रहने बताउँदै उनले स्टल काम पनि अन्तिम चरणमा रहेको बताए । उनले भने, ‘यहाँ स्टल बुकिङ्गको काम अन्तिर चरण पुगेको छ, २ सय ५० स्टल रहन्छन्, स्टल बनाउने काम पनि अन्तिम चरणमा छ ।’

    उनले थलिएको अर्थतन्त्रलाई माथि उठाउन महोत्सव महत्वपूर्ण सावित हुने दाबी गरे । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि स्टलहरुको काम भईरहेको उनले बताए ।

    यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव संचालन गर्न लगिएको उनको भनाइ छ । उनले महोत्सवलाई उत्कृष्ट बनाउन विभिन्न समिति तथा उपसमितिहरु गठन गर्दै काम अघि बढेको बताए ।

    महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ । महोत्सव स्थलमा कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij