२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • रूपन्देहीमा एमसीसीविरूद्व संंयुक्त बिधार्थी संगठनद्वारा रचना...
--3945

रूपन्देहीमा एमसीसीविरूद्व संंयुक्त बिधार्थी संगठनद्वारा रचना वाचन कार्यक्रम

रूपन्देहीमा एमसीसीविरूद्व संंयुक्त बिधार्थी संगठनद्वारा रचना वाचन कार्यक्रम

शुक्रवार, फाल्गुण २७ २०७८
शुक्रवार, फाल्गुण २७ २०७८
  • पारस राहादी मगर,बुटवल । ४ बिद्यार्थी संगठनहरू नेकपा निकट अखिल (क्रान्तिकारी), राष्ट्रिय जनमोर्चा निकट अखिल (छैंठौँ), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट वैज्ञानिक समाजवादी बिद्यार्थी संगठन, रूपन्देहीको संयुक्त आयोजनामा बुटवलमा आज राष्ट्रघाती एमसिसि विरुद्ध रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।


    कार्यक्रममा अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगरले कविता वाचन गर्दै नेपाली जनताले स्वीकार नगरेको राष्ट्रघाती एमसिसि दलालहरूले जवरजस्त संसदबाट अनुमोदन गरे पनि कार्यान्वयन हुन दिन नहुने बताए ।

    उनले ४ विद्यार्थी संगठनद्वारा संयुक्त रुपमा आयोजित राष्ट्रघाती एमसिसि विरुद्ध रचना वाचन कार्यक्रमले प्रगतिशील सांस्कृतिक आन्दोलनलाई सहयोग समेत पुर्याएको बताए ।

    अखिल (छैंठौँ) का सचिव सरोजमान सिंहले राष्ट्रघात विरुद्धको आन्दोलनमा ४ विद्यार्थी संगठन सदैव सँगसँगै रहने बताउँदै एमसिसि विरुद्धको रचना वाचन एमसिसिका दलालहरूलाई एमसिसि खारेजीको लागि चेतावनी भएको बताए ।

    कार्यक्रममा खोमा तरामु मगर, बिहानी मगर, साया किरण, पारस राहादी मगर, अनिल थापा, विमल खरेललगायतले कविता, गीत, गजलमार्फत् राष्ट्रघाती सम्झौता एमसिसि अनुमोदनको विरोध जनाएका थिए । कार्यक्रममा स्रष्टाहरूले रचना वाचन गर्दै कुनै हालतमा एमसिसि खारेजीको माग गरे ।

    राष्ट्रघाती सम्झौता एमसिसिको विरुद्ध रचना वाचन कार्यक्रममा अखिल (क्रान्तिकारी) उपाध्यक्ष पारस राहादी मगरले सञ्चालन र अखिल (छैंठौँ) सहसचिव टेकराज भुसालले अध्यक्षता गरेका थिए । सो कार्यक्रम चाँदवारीस्थित राजमो कार्यालयको सभाहलमा भएको थियो ।

    सो ४ बिद्यार्थी संगठनहरूले संयुुक्त रुपमा एमसिसि विरुद्धको चरणबद्ध कार्यक्रम गर्दै आइरहेका छन्

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij