२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • काभ्रेमा माओवादी केन्द्र त्याग गरि...
--3942

काभ्रेमा माओवादी केन्द्र त्याग गरि नेकपामा प्रवेश

काभ्रेमा माओवादी केन्द्र त्याग गरि नेकपामा प्रवेश

शुक्रवार, फाल्गुण २७ २०७८
शुक्रवार, फाल्गुण २७ २०७८
  •  नकुल चौलागाईं, काभ्रे । एमसीसी पास गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रघात गरेको भन्दै काभ्रेमा माओवादी केन्द्र परित्याग गरेर दर्जन बढी नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

    मंगलबार बनेपामा एक कार्यक्रमको आयोजना गरेर ती नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको  काभ्रे जिल्ला इन्चार्ज आधारले जानकारी दिएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इञ्चार्ज मोहलाल चन्द ‘आधार’ले राष्ट्रघात गर्नेहरुका विरुद्ध क्रान्तिकारीहरु ध्रुवीकरण हुने समय आएको बताए।

    कार्यक्रममा बोल्दै जिल्ला इञ्चार्ज आधारले अब देशव्यापी रुपमा माओवादी केन्द्र छोडेर देशभक्त तथा राष्ट्रवादी नेता तथा कार्यकर्ताहरु आफूहरुको पार्टीमा प्रवेश गर्ने लहर आउने बताए। पार्टी प्रवेश कार्यक्रमबाट माओवादी केन्द्र परित्याग गरेर सो पार्टीमा प्रवेश गर्नेहरुमा बनेपाबाट माओवादी केन्द्र परित्याग गरि वडा सचिव हरि प्रसाद श्रेष्ठ, कमान सिह ओलि रहेका छन् भने स्वतन्त्र ब्यक्तिमा राजेन्द्र बस्नेत, रामबहादुर थापा रहेका छन् ।

    पार्टी प्रवेश गर्नेहरुले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितको पाँच दलिय गठबन्धनले अमेरिकी सहयोग नियोग भनिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट पास गरेर राष्ट्रघात गरेको आरोप लगाएका छन्। पार्टीमा नवप्रवेशीहरुलाई जिल्ला इञ्चार्ज आधारले अबिर र खादा लगाइदिएर स्वागत गरेका थिए ।

     

     


     
     
     
     
     
     

     
      
      
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij