२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--3936

सुदूरपश्चिममा एमसीसीविरुद्ध विभिन्न जिल्लामा प्रदर्शन

सुदूरपश्चिममा एमसीसीविरुद्ध विभिन्न जिल्लामा प्रदर्शन

बिहिवार, फाल्गुण २६ २०७८
बिहिवार, फाल्गुण २६ २०७८
  • गणेश एसके,कञ्चनपुर । राष्ट्रघाती सम्झौता एमसीसी विरुद्ध सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन गरेका छन् ।

    एमसीसी विरुद्ध मोर्चाबन्दी गरेर आन्दोलनरत रहेको ६ दल र २ मोर्चा निकट विद्यार्थी संगठनहरुले बिहीबार कैलाली,कञ्चनपुर डोटी डडेल्धुरा अछाम र बैतडीमा विरोध प्रदर्शन गरेको नेकपा निकट अखिल (क्रान्तिकारी)सुदुरपश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलले जानकारी दिएका छन ।

    देश र जनताको हितमा नरहेको समराज्यवादी रणनीति राष्ट्रघाती सम्झौता एमसीसी खारेज नहुँदा सम्म हाम्रो पार्टी संगठन र संयुक्त मोर्चा निरन्तर आन्दोलन गर्ने इन्चार्ज जप्रेलले बताए ।

    राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर, गो ब्याक अमेरिका,दलालहरु होसियार, संसदीय व्यवस्था मुर्दाबाद,अखिल क्रान्तिकारी जिन्दाबाद जस्ता नारा सहित विद्यार्थी हरुले विरोध जनाएका हुन । आज देशैभरि सङ्घर्षमा रहेका पार्टी र मोर्चाका विद्यार्थीहरुले संयुक्त रूपमा विरोध प्रदर्शन गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij